टी-२० विश्वकपमा आज चार खेल

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत आज चार खेल हुँदैछ । आज नेपालले बिहान ५:१५ बजेदेखि नै दक्षिण अफ्रिकासँग खेल भइरहेको छ ।
समुह डी अन्तर्गतको यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा भइरहेको छ । दक्षिण अफ्रिकाले यस विश्वकपमा लागातर तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ भने नेपालको २ खेलमा एक अंक रहेको छ । नेपाललाई सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
त्यस्तै आज दोस्रो खेल समुह सी अन्तर्गत न्युजिल्याण्ड र युगाण्डाबीच हुँदैछ । ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि शुरु हुँदैछ । समुह सीबाट न्युजिल्याण्ड र युगाण्डा दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन ।
त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको भारत र क्यानडाबीच हुँदै छ । फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुनेछ ।
जारी विश्वकपमा समुह एबाट भारत तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित सुपर आठमा पुगिसकेको छ । त्यस्तै क्यानडाले भने अहिलेसम्म ३ खेलमा एक जित हासिल गर्दै २ अंक हासिल गरेको छ । क्यानडाले आजको खेल जितेमा सुपर आठको दौडमा रहने छ ।
त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत इङ्ल्याण्ड र नामिबियाबीच हुनेछ । यस विश्वकपमा इङ्ल्याण्डले अहिलेसम्म ३ खेलमा ३ अंक हासिल गरेको छ र सुपर आठमा पुग्न यो खेल जित्नैपर्ने अवस्थामा रहेको छ । इङल्याण्डले यो खेल जितेर हाल दोस्रो स्थानमा रहेको स्कटल्याण्ड अस्ट्रेलियासँग पराजित भएमा मात्र सुपर आठमा पुग्ने सम्भावना रहन्छ । त्यसपछि पनि रनरेटको हिसाब हुने छ ।
त्यस्तै नामिबिया भने अहिलेसम्म ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ र सुपर आठको दौडबाट बाहिरिएको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया