गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- मकवानपुर,मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मनहरी गाउँपालिकाको वडा नम्बर ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत देवराज चौलागाई र तत्कालीन इन्जिनियर अमितकुमार ठाकुरविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
मुद्दामा प्रतिक्षा निर्माण सेवा निर्माण व्यवसायी बुद्धिराज कँडेललाई प्रतिवादी बनाइएको छ । सडक स्तरोन्नतिका क्रममा कम काम भएको यथार्थभन्दा बढी मूल्यांकन गरी उक्त योजनाको स्थलगत रूपमा निर्माण कार्यको निर्धारित सर्त तथा मापदण्डविपरीत गरेको कार्यलाई गुणस्तरयुक्त भएको भनी झुट्टा बिल भर्पाइ बनाइ कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरेको कार्यबाट ३ लाख ९१ हजार ९२९ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
उनीहरूविरुद्ध ३ लाख ९१ हजार ९२९ रुपैयाँ बिगो र जरिवाना माग गरिएको आरोप पत्रमा उल्लेख छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

प्रतिक्रिया