महानगरवासीले खुलामञ्चलाई व्यायाम स्थलको रूपमा प्रयोग गर्न पाउने

काठमाडौँ- खुलामञ्चलाई काठमाडौँ महानगरपालिकाले व्यायाम स्थलको रूपमा प्रयोग गर्ने भएको छ । शुक्रबार महानगरको नगर सभाको १५ औ अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई व्यायाम स्थल र खेलकुद विकासका लागि प्रयोगमा ल्याइने बताएका हुन् ।
त्यसैगरी, महानगर क्षेत्रभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुला क्षेत्रका रूपमा विकास गरिने शाहले बताए ।
‘खुला क्षेत्रको विस्तार गर्न र बहुउपयोग हुने गरी सार्वजनिक प्रयोजनका लागि सार्वजनिक तथा सरकारी जग्गालाई महानगरपालिका मातहत ल्याउन पहल गरिन्छ,’ उनले भने ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया