काठमाडौँ महानगरको विद्यालयमा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूले पढाउने

काठमाडौँ- अबदेखि काठमाडौँ महानगरको सामुदायिक विद्यालयमा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूले पढाउने भएका छन् । शुक्रबार महानगरको नगर सभाको १५ औ अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख बालेन्द्र शाहले सामुदायिक विद्यालयमा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूले पढाउने व्यवस्था मिलाइने जानकारी दिए ।
‘सामुदायिक विद्यालयको रिक्त शिक्षक पदमा करार सेवामा शिक्षण गर्न प्रबन्ध मिलाइन्छ,’ उनले भने । काठमाडौँलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षित गरिने उनले बताए ।
काठमाडौँका स्थानीय पहिचान र मौलिक सभ्यताका विषयहरू समेटिएको संक्षिप्त पाठ्यक्रम तयार गरिने शाहको भनाइ छ । कक्षा ११ र सो भन्दा माथिल्लो तहका विद्यालय तथा क्याम्पसहरूमा अतिरिक्त कक्षा सञ्चालन गर्न सहजीकरण गर्ने उनले उल्लेख गरे ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया