मुलुकको विकासमा सबै एकजुट हुनुपर्छ : शेखर कोइराला

जनकपुरधाम- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कार्यकर्ताका साथै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए ।
नेता कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गरे । 'कसैप्रति भेदभाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ,' उनले भने । अहिले राजनीतिक अस्थिरताले देशको सम्वृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया