अफगानिस्तान टी- २० विश्वकपको सुपर आठमा, न्युजिल्याण्ड बाहिरियो

काठमाडौँ- न्युजिल्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गत अफगानिस्तानले पिएनजीलाई पराजित गरेसँगै न्युजिल्याण्ड विश्वकपबाट बाहिरिएको हो ।
समुह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठमा पुगेका छन् ।
अफगानिस्तानले पिएनजीलाई यस खेलमा ७ विकेटले पराजित गरेको थियो । पिएनजीले दिएको ९६ रनको लक्ष्य पछाएको अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पिएनजीले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट भएर ९५ रन बनाएको थियो ।
यो जितपछि अफगानिस्तानले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र सुपर आत्मा पुगेको छ । त्यस्तै वेस्ट इन्डिजले पनि तीन खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यस समुहबाट युगाण्डा र पीएनजीपनि बाहिरिएका छन् । न्युजिल्याण्डले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको थियो । र न्युजिल्याण्ड टी-२० विश्वकपको पहिलो चरणमै बाहिरिएको यो पहिलो पटक हो ।
अब अफगानिस्तानले वेस्ट इन्डिजको सामना गर्ने छ भने न्युजील्याण्डले युगान्डा र पिएनजीसँग खेल्ने छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया