श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो

काठमाडौँ- श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराति भएको समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो ।
यस खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको थियो ।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
यो खेलपछि समुह डी मा बंगलादेश ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्ड्सको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ र तेस्रो स्थानमा छ । यसै समुहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ ।
त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल वर्षाले रद्द हुँदा एक अंक हासिल गरेको छ । योसँगै श्रीलंकाको विश्वकप यात्रा समुह चरणबाटै सकिएको छ ।
यस समुहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्ड्स र नेपाल रहेका छन् ।
अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बंगलादेशबीच खेल हुँदै छ । त्यस्तै जुन १७ मै नेदरल्याण्ड्स र श्रीलंका खेल्ने छन् ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया