मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा महतो नियुक्त

धनुषा- मधेश प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त भएका छन् । उक्त पदबाट वीरेन्द्रकुमार ठाकुरले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई बुधबार मुख्यन्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यन्यायधिवक्तामा महतोलाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सबैला नगरपालिका-६ स्थायी ठेगाना भएका महतोलाई जेठ ३० गते मधेश प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि मुख्यन्यायाधिवक्ताको जिम्मेवारीमा रहेका वीरेन्द्रकुमार ठाकुरले राजीनामा दिएका थिए । सरकार फेरिएपछि ठाकुरले पदबाट राजीनामा दिएका हुन् ।

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

५३ लाख बढीमा बागवानीको आँप ठेक्कामा

यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व संकलन
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर

प्रतिक्रिया