चाँगुनारायणस्थित इँटाभट्टाको खाल्डोमा डुबेर बालकको मृत्यु

मध्यपुरथिमि : चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको बिएम इँटाभट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीयवासी राजु मछेका छोरा १० वर्षीय रोजनको शव पोखरीमा आज भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
शुक्रबार करिब ११ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि आज थप खोजतलास गर्दा पोखरीमा बच्चा डुबेको भेटिएको प्रहरीले जानकारी दिएको छ । इँटाभट्टाले जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटाभट्टामा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया