मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

पेमा खाण्डु बने तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री

 काठमाडौँ - पेमा खाण्डु लगातार तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री बनेका छन् । खाण्डुले तेस्रो पटक अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् । उनीसँगै चुन मीनले उपमुख्यमन्त्रीको शपथ लिएका छन् ।

खान्डुको नेतृत्वमा भाजपाले अप्रिल १९ मा भएको विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो। बिहीबार कडा सुरक्षा व्यवस्थामा आयोजित शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्रीहरू जेपी नड्डा, किरेन रिजिजु र असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा सहभागी थिए।

भाजपाले लगातार तेस्रो पटक राज्यमा सत्ता हात पार्न सफल भएको छ । ६० सदस्यीय विधानसभामा भाजपाले ४६ सिट जितेर बहुमत हासिल गरेको छ । जसमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

निर्विरोध निर्वाचित भएका दश उम्मेदवारमध्ये पेमा खाण्डु पनि थिए । नेशनल पिपुल्स पार्टीले पाँच सिट र पिपुल्स पार्टी अफ अरुणाचलले दुई सिट जितेको छ । नेकपाले तीन र कांग्रेसले एक सिट जितेको छ ।