बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

सामाजिक सञ्‍जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्‍न भइरहेको छ : सरकार

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्‍न भइरहेको जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्‍न भइरहेको बताइन् । उनले नेपालको कानुनी व्यवस्थाका आधारमा दर्ता भइ सञ्चालन भए टिकटकप्रति कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन् ।

शर्माले बुधबारमात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको र नेपालको नियम कानुनअनुसार चल्नुपर्नेमा जोड दिएको धारणा राखिन् । उनले आगामी मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसदमा पठाउने र त्यसपछि बृहत् छलफल गर्दै यसलाई पारित गर्ने जानकारी दिइन् । उनले नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको पनि बताइन् ।

त्यस्तै शर्माले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय, अनुगमनका साथै नागरिकको सूचनामा सहज पहुँचका लागि पनि ध्यान दिइएको उल्लेख गरिन् । संसद्, राजनीतिक दलका साथै सञ्चार माध्यमहरूको योगदान सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे