टिमका साथीहरूलाई भेटेर घर फर्किए क्रिस्टियन एरिक्सन

काठमाडौँ : क्रिस्टियन एरिक्सन छ दिने लामो उपचारपछि शुक्रबार घर फर्केका छन् । डेनिस प्लेमेकर युरो २०२० मा फिनल्यान्डविरुद्धको समूह चरणको खेल दौरान मैदानमै ढलेका थिए । त्यसपछि उनलाई कोपनहेगनस्थित एक अस्पतालमा उपचारका लागि राखिएको थियो ।
एरिक्सनले अब घरमै थप आराम गर्नेछन् । घर फर्कदै गर्दा एरिक्सनले आफ्ना शुभेच्छुकलाई धन्यवाद दिए । घर फर्कने क्रममा एरिक्सनले आफ्ना टिमका साथीहरूलाई पनि भेटेका थिए ।
‘शल्यक्रिया सफतापूर्वक सम्पन्न भयो । मैले मेरा टिमका साथीहरूलाई पनि भेट्न पाए । म उनीहरूलाई धन्यवाद भन्न चाहन्छु । उनीहरूले जारी युरोमा असाध्यै राम्रो खेलका छन् । सोमबार रुसविरुद्ध हुने खेलमा डेनिस टिमलाई म घरबाटै समर्थन गर्नेछु,’ एरिक्सनले भनेका छन् ।
एरिक्सन निको भएर घर फर्कँदा खुशी भएका डेनिस समर्थकहरू युरोमा आफ्नो टिमको प्रदर्शनलाई लिएर भने हर्षित हुन सकेका छैनन् । समूह बी मा रहेको डेनमार्क जितविहिन छ । सोमबार राति रुसविरुद्ध हुने खेलमा डेनमार्कलाई अनिवार्य जित चाहिएको छ । एरिक्सन घटनापछि डेनमार्कको प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन । यस्तोमा डेनिस टिम दबाबमा छ ।
युरोको अन्तिम १६ मा समूह विजेता र उप-विजेता हुने टिम स्वत छनौट हुनेछन् । त्यसबाहेक तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टिमले पनि प्रि-क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । आफ्नो समूहमा उप-विजेता बन्न नसके डेनमार्कको नजर दोस्रो विकल्पतर्फ हुनेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया