ल्हासामा जामे मस्जिद (फोटो फिचर)

ल्हासा : हामी ल्हासाको नाम सुन्ने बित्तिकै सुनौलो पोताला दरबार सम्झिन पुग्छौँ अनि तिब्बत भन्ने बित्तिकै बौद्ध र हिन्दु धर्मको पवित्रस्थलको रूपमा सम्झना गर्दछौँ । महादेवको वासस्थान मानिने कैलाश पर्वत पनि यसै तिब्बतमा रहेको छ । प्राचीन कालदेखि नै तिब्बतलाई योगी तथा सन्तहरूको घर, स्वर्गको रूपमा मानिने गरिन्छ । साथै त्रिविष्टपबाट अप्रभंश भएर तिब्बत भन्ने गरेको इतिहासविद्को बुझाइ पनि छ । संस्कृत भाषामा त्रिविष्टपको अर्थ स्वर्ग हो । प्राकृतिक तथा धार्मिक दृष्टिकोणले पनि तिब्बतलाई स्वर्ग मान्न सकिन्छ ।
यसरी बौद्ध र हिन्दु धर्मको पवित्र स्थल मानिने तिब्बतको सदरमुकाम ल्हासामा मस्जिदहरू पनि छन् भन्दा अचम्म लाग्नसक्छ । विश्वका धेरै मुसलमानहरू पनि अनभिज्ञ नै होलान् । तर, जहाँसम्म नेपालीको सवाल छ, धेरै नेपालीलाई थाहा भएको हुनुपर्छ । नेपालमा तिब्बती मुसलमानहरू पनि छन् । काठमाडौँमा पनि तिब्बती मुसलमानहरू भेटिन्छन् । तै पनि तिब्बत कैलाश पर्वत, मानसरोवर, पोताला अनि असंख्य गुम्बा र मन्दिरका लागि नै परिचित छ ।
यसै गुम्बा र मन्दिरहरूबीच तिब्बतको ल्हासामा एउटा जामे मस्जिदसहित तीनवटा ससाना मस्जिदहरू रहेका छन् । बौद्ध धर्म र धर्मावलम्बीबीच इस्लाम धर्म र यसका अनुयायीहरू सहअस्तित्वमा मिलेर बसेको यहाँ देख्न सकिन्छ । ल्हासाको प्रसिद्ध सडक बार्खोर सडक जहाँ जोखाङ मन्दिर अवस्थित छ, यसै सडकको अर्को कुनामा ल्हासाको एकमात्र जामे मस्जिद रहेको छ । विशेष गरी नमाज पढ्नका लागि बनाइएको मस्जिदलाई जामे मस्जिद भनिन्छ ।
बार्खोर सडकमा डुल्दै गर्दा बौद्ध र इस्लाम धर्मावलम्बीहरूको रहनसहन समेत देख्न पाइन्छ । ल्हासा घुम्न आएका पाकिस्तानी शहिद अफराजले तिब्बतमा मस्जिद र मुसलमान भएको यहीँ आएर मात्र थाहा पाएको बताए । तिब्बतमा यति ठूलो र भव्य मस्जिद देखेर म आश्चर्यचकित भएँ । उनले भने, 'यहाँ दुई तीन हजार मुसलमान नमाज पढ्न आउने गरेका छन् रे ।'
यद्यपि, तिब्बतको आठौँ शताब्दीको मध्यतिर रेशममार्गमार्फत मुसलमान समुदायसँग सम्बन्ध स्थापना भएको मानिन्छ । मुसलमानबस्ती र बजारबीचको यो ठूलो जामे मस्जिदलाई हबालिन मस्जिद पनि भनिन्छ । सन् १९५९ मा पुननिर्माण गरिएको यो मस्जिदले २६ सय वर्गमिटर क्षेत्रफल ओगटेको छ । यस मस्जिदका इमाम मुहमद अलीका अनुसार, यस ठाउँमा एक हजार वर्षअघि नै उक्त मस्जिद रहेको प्रमाण छ ।
ल्हासामा झण्डै आठ हजार मुसलमान रहेको पनि उनले इकागजलाई बताए । विभिन्न पर्वहरूमा चीनका विभिन्न क्षेत्रबाट चिनियाँ मुसलमान आउने गरेको तथा सरकारले पनि मस्जिदका लागि सहयोग गर्दै आएको पनि इमामा अलीले सुनाए ।
यसै क्रममा, इमाम अलीले भारतको लखनऊमा अध्ययनका लागि रहँदा नेपाली साथीहरूसँगै नेपालको भ्रमण गरेको पनि सम्झना गरे । हाल कोरोना महामारीका कारण सामाजिक दुरि बनाएर नमाज पढ्ने गरिएको पनि इमामले बताए । साथै मदरसा पनि सञ्चालन भइरहेको उनले बताए । हाल चीनभरि झण्डै अढाई करोड मुसलमान रहेका छन् भने साना ठूला गरी ४५ हजार मस्जिदहरू रहेका छन् ।

अवैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

भारतमा एक नेपालीको मृत्यु

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

नेपाली मुलका एलेक्स कार्की अष्ट्रेलियाको सत्तारुढ दलबाट सांसद पदका उम्मेदवार

इजरायलमा पनि मनाइयो २८ औं आदिवासी दिवस

चीनले जितेको त्यो वार्ता

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

प्रतिक्रिया