वेस्ट इन्डिज जानुपर्ने नेपाली क्रिकेट टिम किन फ्लोरिडामै रोकियो ?

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको दुई खेल खेल्न वेस्ट इन्डिज जानुपर्ने नेपाली क्रिकेट टिम अमेरिकाको फ्लोरिडामै रोकिएको छ ।
समूह चरणको अन्तिम दुई खेल खेल्न वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुग्नुपर्ने नेपाल क्रिकेट टिम खराब मौसमका कारण अमेरिकाको फ्लोरिडामै रोकिएको हो ।
खासमा नेपाली क्रिकेट टिम बुधबार साँझ फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जाने तालिका भएपनि अमेरिकामा जारी वर्षाका कारण टिमको उडान रद्द हुन पुगेको हो ।
जसका कारण नेपाली टिम अमेरिकामै रोकिएको हो ।
वर्षाकै कारण मंगलबार फ्लोरिडामा तय भएको नेपाल र श्रीलंकाबीच खेल रद्द भएको थियो ।
यता वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिकाबीच जुन १४ र नेपाल र बंगलादेशबीच जुन १६ मा खेल हुने तालिका रहेको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया