टी-२० विश्वकपः न्यूजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा
काठमाडौँ- सह-आयोजक वेस्ट इन्डिज आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ ।
समूह 'सी' अन्तर्गत आज बिहान भएको खेलमा न्यूजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज अघिल्लो चरणमा प्रवेश गरेको हो ।
वेस्ट इन्डिजले खेलेका ३ वटै खेलमा जित हात पारेको छ । यता न्यूजिल्यान्डले भने खेलेका दुवै खेलमा पराजय भोगेको छ ।
आजको खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनमात्र बनाउन सक्यो ।
न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोशेफले ४ तथा गुडाकेस मोटीले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । वेस्ट इन्डिजका लागि शेरफाने रुथरफोर्डले ६८ रनको योगदान गरे । न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट हात पारे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया