भारत टी-२० विश्वकपको सुपर आठमा

काठमाडौँ- भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।
गएराति सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अमेरिकाले दिएको १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए ।
यस अघि अमेरिकाले पहिला ब्याटिश्र गर्दै २० ओभर ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए ।
यो जितपछि समुह ए बाट भारत ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ । त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ ।
अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6qXmQddoOh_ulhaeidvc2ceb0mb8v2nzxpsmklqoyitc3zwajluvdebnokrxccmmvdqgonb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया