टी-२० विश्वकप : आज दुई खेल हुँदै

काठमाडौँ- जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज समुह सी अन्तर्गत वेस्ट इन्डिज र न्युजिल्याण्ड खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६:१५ बजेदेखि शुरू भइरहेको छ ।
वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ । वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै न्युजिल्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ ।
वेस्ट इन्डिज र न्युजिल्याण्डबीच अहिलेसम्म कुल १९ टी-२० खेल भएका छन्, जसमा न्युजिल्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ । त्यस्तै २ खेल बिना नतिजा सकिएका छन् ।
त्यस्तै आज अर्को खेल समुह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुँदैछ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यसअघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल वर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया