वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

ललितपुर - सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको छ ।
‘स्वच्छ हावा, स्वस्थ जीवन’ भन्ने नाराका साथ महानगरले वायु प्रदूषण न्यूनीकरणका लागि नियमित घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिए ।
“हामीले नियमित घुम्ती सवारी प्रदूषण जाँच मङ्गलबारदेखि सुरु गरेका छौँ, जाँचका क्रममा मापदण्ड पूरा भएका सवारीमा स्टिकर टाँसिदिन्छौँ, नभएकालाई एक हप्ताभित्र मर्मत गरेर जाँचका लागि पत्र काटेर छोड्ने गरेका छौँ । हरेक दिन फरकफरक ठाउँमा जाँच गर्छाैं, आज जावलाखेलमा भयो, भोलि अर्को ठाउँमा हुन्छ”, उनले भने ।
महानगरले स्वच्छता र सरसफाइ कायम राख्न हरियाली प्रवर्द्धन, पार्क तथा पोखरी निर्माणका लागि जोड दिँदै आएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनसङ्ख्यासँगै बढेको सवारीसाधनको सङ्ख्या बढे पनि मर्मतसम्भारमा पर्याप्त ध्यान नदिने, इनधनमा देखिने कैफियत जस्ता कारणले सवारीसाधनबाट हुने प्रदूषणको मात्रा बढिरहेकाले अभियान सञ्चालन गरिएको हाछेँथुले जानकारी दिए ।
नेपाल सरकारको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २३ को उपदफा १ मा सवारीबाट हुने प्रदूषणको मापदण्ड कायम गरिएको छ । सोही मापदण्डअनुसार नभइ बढी धुवाँ फ्याँकेर वायु प्रदूषण गर्ने सवारीसाधनलाई दफा १६० को उपदफा ३ अनुसार सजाय हुने व्यवस्था छ ।
वायु प्रदूषणका कारण विश्वभर एक वर्षमा ७० लाख, नेपालमा ४२ हजार एक सय र काठमाडौँ उपत्यकामा मात्र पाँच हजार ८० जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

प्रतिक्रिया