चार मन्त्रालयका विनियोजित रकम माथि छलफल

काठमाडौँ - प्रतिनिधिसभामा बुधबार पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल भएको छ ।
बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको हो ।
उक्त मन्त्रालयमाथि विनियोजन भएको बजेटमाथि सांसद प्रेम सुवाल, डा रमेश अमरेशकुमार सिंह, अजयकुमार चौरासिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
भाग लिँदै सांसद जीवन परियारले मन्त्रालयहरूमाथि बजेट बढाउँदै जाने तर खर्च नहुने प्रवृत्ति रोक्नुपर्ने भन्दै कानून मन्त्रालय अन्तर्गत पदाधिकारी र अन्य सुविधामाथिको शीर्षकमा खर्च कटौतीको प्रस्ताव राखेको जानकारी दिए ।
उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउन माग गरे । परियारले दलित समुदायहरू अझैपनि गरिवीको रेखामुनी रहेको भन्दै उनीहरुको पक्षमा सरकारले कुनै काम नगरेको बताए ।
त्यस्तै विनियोजन विधेयकमाथिको छलफलमा भाग दिँदै एमाले सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ घटाउँदा मन्त्रीहरूले केही गर्न नसकेको बताए । उनले शहरी विकास मन्त्रालयमा विनियोजित बजेटका आधारमा निकै धेरै कार्यक्रम र योजनाहरू परेको भन्दै योजना कार्यान्वयनमा आशंका व्यक्त गरे । हरेक बजेटले सरकारको भिजन प्राप्त गर्नुपर्ने भएपनि अहिलेको बजेट त्यस्तो आउन नसकेको उनले बताए ।
त्यस्तै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले पाँच करोड भन्दा कम बजेट विनियोजन नगर्ने जानकारी प्रधानमन्त्री र अर्थमन्त्रीबाट आएपनि अहिले ५ लाखकै योजनाहरू १ सय ७७ वटा रहेको बताए । उनले सांसदहरूले मागेका योजनाहरू समावेश हुँदा शहरी विकास मन्त्रालयमा कामको चाप बढ्ने देखिएको धारणा राखे ।
त्यस्तै उनले रक्षा मन्त्रालय अन्तर्गत ब्यारेकदेखि जनताको घरदैलोसँग नेपाली सेना कार्यक्रम, ब्यारेकदेखि सीमासम्म सेना लगायतका कार्यक्रमले नेपाली सेनाको व्यावसायिकता र सान्दर्भिकता बढ्दै जाने धारणा राखे ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

संघीय सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया