त्रिशुलीको स्काइ साइक्लिङमा गायक कालीप्रसाद जब डराए...

काठमाडौँ- गायक, संगीतकार तथा रचनाकार कालीप्रसाद बास्कोटाले त्रिशुली नदिमाथि रहेको स्काइ साइक्लिङ अनुभव लिएका छन् । त्रिशुली रिभरसाइड रिसोर्टले सञ्चालनमा ल्याएको साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको स्काइ साइक्लिङमा उनी रमाएका हुन् ।
उर्लँदो नदीमाथि फलामको डोरीमा साइक्लिङमार्फत वारपार गर्दा सुरुमा मन डराए पनि पछि भने निकै रमाइलो भएको उनले सुनाए ।‘नदीमाथि साइक्लिङ कसरी गर्ने होला भनेर सुरुमा मनमा डर पलाएको थियो, तर पछि थ्रीलर अनुभव भयो,’ उनले भने ।
राजधानी काठमाडौँबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा अवस्थित रिसोर्टको स्काइरोप साइक्लिङमा दुई वटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जनाले साइक्लिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिल्ने सुविधा छ ।
पछिल्लो समय रिसोर्टको उक्त स्काइ साइक्लिङ आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । रिसोर्टमा स्काइ साइक्लिङका साथै र्याफटिङ र जिपलाइनलगायतका सुविधा उपलब्ध छन् ।
दुईतर्फी तीन सय ५० मिटर लम्बाइको स्काइ साइक्लिङमा रमाउन प्रतिव्यक्ति सात सय पचास रुपैयाँ लाग्छ भने फोटो र भिडियोका लागि थप शुल्क लाग्ने रिसोर्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए ।

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_eHGAb2YAFk_x9kcz97lu2aikzxcakt7mhgvo3szhipudobivgw407dpsoxb7dtbwclnqxtz.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रतिक्रिया