रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु

काठमाडौँ- युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकहरूको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएको बताएको छ ।
भारतले रुसलाई कुनै पनि प्रकारको भारतीय नागरिकको भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ । यससँगै मन्त्रालयले सबै भारतीयहरूलाई रुसमा रोजगारीका लागि थप सावधानी अपनाउन अपील गरेको छ।
यस वर्षको मार्चमा केही एजेन्टहरूले धेरै भारतीयहरूलाई रसियामा जागिरको बहानामा रूसी सेनामा भर्ती गरेको खुलासा भएको थियो ।
अब यी मानिसहरूलाई युक्रेनसँग रुसको चलिरहेको युद्धमा सैनिकको रूपमा लड्न पठाइँदैछ । तीमध्ये धेरै भारतीयहरूले भिडियोहरू सार्वजनिक गरेका थिए र भारत सरकारसँग सहयोगको अपील गरेका थिए ।

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

प्रतिक्रिया