भारतको सेना प्रमुखमा द्विवेदी

काठमाडौँ- लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने जनाएको छ ।
लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ । हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे असार ३० गते अवकाश लिँदैछन् ।
वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो ।
गत महिना सरकारले महारथी मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ गते अवकाश लिने कार्यक्रम रहेकोमा ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो ।
‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी नेपाली सेनाको उपप्रमुखमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ' रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

कजाकिस्तानमा भेटियो दुर्लभ धातुको अब उत्खननको चरणमा

'युक्रेन र रूस सम्भावित वार्ताअघि युद्धविराम चाहन्छन्'

अमेरिकी अदालतको फैसलापछि ट्रम्प व्यापार वार्तामा ‘पूर्ण लगानी’ गरेको इयुको भन…
रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

शतप्रतिशत गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ

प्रतिक्रिया