एक लाख ६५ हजारको टिकट बोकेर ट्रलीमा लगेज गुडाइरहेका नेपाली (फोटो फिचर)

काठमाडौँ : तीन महिनापछि रौतहटका सामबाबु औजाद साउदी जान त्रिभुवन विमानस्थलको लाइनमा छन् । उनी कोभिड-१९ को महामारीकै बीच नेपाल आएका थिए । रौतहटका २७ वर्षीय औजादको बिदा सकिएकोले उनी शनिबार ट्रलीमा लगेज गुडाइरहेका थिए ।
सरकारले नियमित उडान नखुलाएपछि उनी चार्टड उडानमा एक लाख ६० हजार रुपैयाँभन्दा बढी टिकट मूल्य तिरेर जादै छन् । हिमालय एयरलान्यसको १० बजेको उडानमा उनी जाँदैछन् । साउदीस्थित स्टीलको कम्पनीमा काम गर्छन् ।
उनको जस्तै पिडा बाग्लुङ्का अर्जुन श्रेष्ठको पनि छ । कम्पनीले टीकट पैसाको पैसा नतिरे तीन महिनाको तलब जाने उनले सुनाए । पहिलोपटक विदेश जाँदा पनि यति धेरै पैसा तिर्नुपरेको नपरेको उनको गुनासो छ ।
सरकारको वैदेशिक रोजगारीमा जानेका निम्ती प्रस्ट नीति नबनाउँदा विमानस्थलदेखि विदेशी भूमिमा पाइला राखेदेखि सास्ती भोग्ने गरेका छन् ।
'विदेश नगए हामीलाई सरकारले पाल्दैन, 'हातमा टिकट लिएर लमजुङका महेश घिमिरे भन्छन्,' महामारीमा आफ्नो भविष्य र परिवारलाई सम्झेर मरुभूमिमा जाँदैछौ ।' उनी साउदी उकुगल्फ कम्पनीमा काम गर्छन् ।
सातामा एउटा उडान कतार र टर्कीको लागि मात्र छ । मलेसिया, युएई र साउदी जस्ता नेपाली कामदार भएका मुलुकमा उडान नहुँदा सयौँ श्रमिक टिकटको भारी मूल्य तिरी जान बाध्य छन् ।

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया