होटल बाराही काठमाडौँको इन्फिनिटी स्विमिङ पुलमा 'विकेन्ड अफर'

काठमाडौँ- बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौँको ठमेलमा रहेको होटल बाराही काठमाडौँको इन्फिनिटी स्विमिङ पुलमा 'विकेन्ड ब्रञ्च' अफर सुरु भएको छ ।
होटलको सातौं तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार ग्राहकले छुट पाउनेछन् । छुटअनुसार, शनिबार ग्राहकले करसहित २ हजार ५ सय रुपैयाँमै स्विमिङ पुल र बफेट ब्रन्चको मज्जा लिन सक्ने होटलका महाप्रबन्धक रोशन सापकोटाले जानकारी दिए । साथै ग्राहकले सोही प्याकेजमा पूल, बार, स्न्याक्स तथा रेस्टुरेन्ट समेतको मज्जा लिन सक्नेछन् ।
यस प्याकेजका लागि ग्राहकले 'प्रि बुकिङ' अर्थात जानुभन्दा अगाडि नै बुकिङ गर्न आवश्यक हुने सापकोटाले बताए ।
काठमाडौँको प्रिमियम लोकेसनमा रहेको यस होटलमा स्विमिङ पुलमा मज्जा लिँदै अगाडिको नारायणहिटी दरबारको दृश्यावलोकन गर्न पाइने भएकाले पनि आकर्षण बढेको छ ।
स्विमिङ पुलमा बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि अफरसहित स्विमिङ पुल खुला गरिएको हो । स्विमिङ पुल रहेको सातौं तलामा रेस्टुरेन्टसमेत रहेको छ । पुलसाइडको टेबलमा बसेर खाना तथा पेयको मज्जा लिन सकिनेछ ।
केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौँ उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
वीर शम्शेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया