१० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा

काठमाडौँ- चालु आर्थिक वर्षको १० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा चालु खातामा एक खर्ब ९३ अर्ब २५ करोड रहेको उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोडले धनात्मक रहेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

प्रतिक्रिया