१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो

काठमाडौँ - चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ३७ हजार आठ सय ९३ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख २१ हजार दुई सय ७९ र दुई लाख ३८ हजार नौ सय ७६ थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले वृद्धि भई रु १३ खर्ब एक अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

प्रतिक्रिया