स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन सरकारलाई समितिको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार समिति बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवं सेवा प्रभावकारिता र गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले स्वास्थ्य मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले बयलपाटा अस्पताल अछामलाई चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेट विनियोजन नभएकाले सञ्चालन व्यवस्थापनमा कठिनाइ भएकाले विशेष अनुदानको व्यवस्था गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
बैठकले वीर अस्पतालमा रहेका आइसीयु, सिसियु, भेन्टिलेटर लगायतका युनिटमा जनशक्ति व्यवस्थापन गरी सेवा सुरु गर्न समेत निर्देशन दिइएको सभापति थापाले बताए ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि आफू निरन्तर अनुगमनमा गएको जानकारी दिए । उनले सेवालाई प्रभावकारी बनाउनका लागि आफूले पहल गरे पनि सरोकारवाला निकायका अधिकारीहरूबाट सहयोग प्राप्त नभएको गुनासो गरे । मन्त्री यादवले स्वास्थ्य बिमा कार्यक्रम सन्तोषजनक नदेखिएको भन्दै यसलाई प्रभावकारी बनाइने जानकारी दिए ।
समिति सदस्यहरूले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनका लागि मन्त्रालय गम्भीर हुनुपर्ने, स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति राख्नुपर्ने सुझाव दिएका थिए ।

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

प्रतिक्रिया