बंगलादेशलाई हराउँदै दक्षिण अफ्रिकाको 'सुपर ८' नजिक पुग्ने लक्ष्य

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले आज राति बंगलादेशको सामना गर्दैछ ।
समूह 'डी' मा रहेका दक्षिण अफ्रिका र बंगलादेशबीचको खेल न्यूयोर्कमा नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
जारी प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिकाले खेलेका दुवै खेलमा जित हात पारेको छ । यता बंगलादेशले पनि खेलेको एक खेलमा जित दर्ता गरेको छ ।
दक्षिण अफ्रिका आज रातिको खेलमा बंगलादेशलाई पराजित गरेर 'सुपर ८' को सम्भावना बलियो बनाउन चाहन्छ । दक्षिण अफ्रिकाको ४ अंक छ ।
यता बंगलादेश पनि दक्षि० अफ्रिकालाई पराजित गरेर अघिल्लो चरणको सम्भावना बलियो बनाउन चाहन्छ । एक खेल खेलेको बंगलादेशको २ अंक छ ।
यस समूहमा नेदरल्यान्ड्स, नेपाल र श्रीलंका पनि रहेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया