इजरायलका युद्ध क्याबिनेट मन्त्रीले दिए राजीनामा

काठमाडौँ - इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिएका छन्।
यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ।
गान्ट्जले आइतबार तेल अवीभमा पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरे। उनले यो निर्णय ‘भारी मनका साथ’ लिएको बताए ।
'दुर्भाग्यवश, नेतन्याहुले हामीलाई वर्तमान संकट अन्त्य गरी विजय हासिल गर्नबाट रोकिरहेका छन्,' गान्ट्जले भने। आगामी चुनावमा नेतान्याहुको सम्भावित प्रतिद्वन्द्वी मानिने गान्ट्जले नेतान्याहुलाई देशमा चुनावको मिति तय गर्न आव्हान गरेका छन् ।
उनको राजीनामा पछि नेतान्याहुले ट्वीटरमा लेखेका छन्, ‘बेनी, यो अभियान छाड्ने समय होइन, सेनामा भर्ती हुने समय हो ।'

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया