रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

काठमाडौँ - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ ।
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन गर्न लागिएको हो । संशोधनका लागि मन्त्रालयका सहसचिव एवं कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिले असारसम्म मस्यौदा तयार गरी स्वीकृत गराएर साउनदेखि कार्यान्वयन गर्ने गरी काम गरिरहेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । मल आयातको व्यवस्था केन्द्रीय सरकारले मिलाएपछि वितरणको व्यवस्था प्रदेश र स्थानीय सरकारले मिलाउने गरी निर्देशिकाको मस्यौदा तयार गर्न लागिएको छ ।
पूर्वाधार निर्माणका लागि बनाइएको सार्वजनिक खरिद ऐन अनुसार मल खरिद र आयात गर्न समस्या भएकाले समाधानका लागि ऐन नै संशोधनको पहल भइरहेकोसमेत मन्त्रालयले जनाएको छ ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

प्रतिक्रिया