टी-२० विश्वकप : पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

काठमाडौँ- टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराति भएको खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो ।
भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाएपछि भारतले खेल ६ रनले जितेको हो ।
प्लेयर अफ द म्याच जसप्रित बुमराह चार ओभरमा मात्र १४ रन दिएर तीन विकेट लिएर भारतको जितका नायक बने । पाकिस्तानलाई ३० बलमा ३७ रन चाहिएको थियो र ६ विकेट बाँकी थियो तर भारतीय बलरले ३० रन दिएर पाकिस्तानलाई ७ विकेटमा कुल ११३ रनमा सीमित बनाएका थिए ।
टी-२० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौं र ओडीआई-टि-२० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५औँ जित हो ।
यो जितपछि समुह ए मा रहेको भारतले लगातार दोस्रो जित हासिल गरेको छ । २ खेलमा ४ अंक हासिल गरेको भारत समुह ए मा शीर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ । पाकिस्तानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया