भारतमा तीर्थयात्री चढेको बसमा आतंकवादीद्वारा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

काठमाडौँ- जम्मू कश्मीरको रियासीमा भक्तजन बोकेको बसमा आतंकवादीले आक्रमण गरेका छन् । आक्रमणमा १० जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी र नयाँ मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहमा रियासी जिल्लाको कंदा क्षेत्रमा यो आतंकवादी हमला भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रियासीका एसएसपी मोहिता शर्माले प्रारम्भिक रिपोर्टका अनुसार शिव खोडीबाट कटरा जाँदै गरेको बसमा आतंकवादीहरूले गोली हानेका थिए, जसमा चालक घाइते भएका थिए र उनले बसको नियन्त्रण गुमाएका थिए । जसका कारण बस खाल्डोमा खसेको थियो । १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
बसमा सवार अन्य यात्रुको उद्धार गरिएको मोहिता शर्माले बताए । यात्रुहरूको पहिचान हुन सकेको छैन । अधिकांश यात्री उत्तर प्रदेशका छन् । शिव खोडी मन्दिर माता वैष्णोदेवीको आधार शिविर हो । सुरक्षाकर्मीले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका छन् । एजेन्सी

गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

कजाकिस्तानमा भेटियो दुर्लभ धातुको अब उत्खननको चरणमा

'युक्रेन र रूस सम्भावित वार्ताअघि युद्धविराम चाहन्छन्'

अमेरिकी अदालतको फैसलापछि ट्रम्प व्यापार वार्तामा ‘पूर्ण लगानी’ गरेको इयुको भन…
रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

शतप्रतिशत गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ

प्रतिक्रिया