वीरगंजको मुख्य सडक विस्तारको सुनुवाइ २४औँ पटक पनि सर्यो

वीरगंज- सर्वाेच्च अदालतमा विचाराधीन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ ।
त्रिभुवन राजपथअन्तर्गत वीरगंज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मुख्य सडक विस्तारको मुद्दा पेसी आइतबारका लागि थियो । तर, सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाइ फेरि हेर्न नभ्याइनेमा राखेपछि २४ औं पटक उक्त मुद्दाको पेसी सरेको हो ।
वीरगंजको मुख्य सडक विस्तारको मुद्दाको पेसी आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सयुक्त इजलासमा परेको थियो ।
न्यायाधीशद्वयको इजलासमा यसअघि शुक्रबारकै मुद्दा सुनुवाइको निरन्तरता रहेकाले १ नम्बरमै परे पनि वीरगंज सडक विस्तारको मुद्दा भने हेर्न नभ्याइनेमा रहन पुगेको सर्वोच्चका प्रवक्ता वेदप्रकाश उप्रेतीले जानकारी दिए । निवेदक लक्ष्मण साह रौनियार, राजकुमारी देवी तुलस्यान, भरत प्रसाद रौनियार र वीरेन्द्रकुमार संघाईले दायर गरेको रिट आजको पेसीमा पहिलो नम्बरमै परेको थियो ।
सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा छठपछि नै सडक विस्तार गर्ने तयारी गरे पनि त्यस आसपासका घरधनीहरू बाधक बन्दै आएका छन् ।
२०७६ भदौमा निकालेको १५ दिने सूचनाको म्याद सकिएपछि फेरि म्याद दिएर आयोजना कार्यालयले घरधनीलाई आफ्नो घर आफैँ भत्काउन आग्रह गरेको थियो । सडक विस्तार आयोजनाले एक चरण नापीको कामसमेत सम्पन्न गरिसकेको छ ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया