नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका छन् ।

गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

कजाकिस्तानमा भेटियो दुर्लभ धातुको अब उत्खननको चरणमा

'युक्रेन र रूस सम्भावित वार्ताअघि युद्धविराम चाहन्छन्'

अमेरिकी अदालतको फैसलापछि ट्रम्प व्यापार वार्तामा ‘पूर्ण लगानी’ गरेको इयुको भन…
रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

शतप्रतिशत गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ

प्रतिक्रिया