संयुक्त राष्ट्रसंघको महासचिवमा एन्टोनियो गुर्टेरस् पुनः चयन
अर्को कार्यकाल २०२२ जनावरीबाट

काठमाडौँ : संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुर्टेरस् पुनः मनोनयन भएका छन् । शुक्रबार गुर्टेरस् ५ वर्षको लागि दोस्रो पटक पनि निर्वाचित भएका हुन् ।राष्ट्रसंघको प्रमुख अधिकारीको उक्त पद पाँच वर्ष हुन्छ भने अर्को कार्यकाल पनि चुनिने गरेका छन् । सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ वर्षको लागि पुन: चयन गरिन्छ । शुक्रबारको महासभाले सुरक्षा परिषदको सिफारिसलाई स्वीकृत गरेर उनलाई दोस्रोपटकको लागि महासचिव चयन गरको हो ।
राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउँन सक्छन् । पोर्चुगलका गुर्टेरसले १ जनवरी २०१७ देखि सम्हाल्दै आएका छन् । उनको कार्यकाल ३१ डिसेम्बर २०२२मा सकिदै थियो । त्यस अगावै उनी दोस्रो कार्यकालको लागि चयन भएका हुन् । उनको दोस्रो कार्यकाल भने आगामी जनावरी १ बाट सुरु हुनेछ । दोस्रो कार्याकालका लागि मनोनयन भएपछि गुर्टेरसले ट्विट लेख्दै सबै प्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।
यसअघिका महासचिव बानकी मुन पनि दुई कार्यकाल उक्त पदमा थिए भने उनी अघिका कोफि अन्नान पनि दुई कार्यकाल नै उक्त पदमा रहे । त्यसअघिका बुत्रोसबुत्रोस घालीले भने दोस्रो कार्यकाल महासचिव रहन पाएनन् । त्यसअघिका ज्याभियर पेरिज डी कुईलरले पनि दुई कार्यकाल नै नेतृत्व गरेका थिए । महासंघलाई प्राय: दुई कार्यकाल नै नेतृत्व गरिरहेका छन् ।
I am deeply honoured and grateful for the trust placed in me to serve as the Secretary-General of the United Nations for a second term.
— António Guterres (@antonioguterres) June 18, 2021
Serving the @UN is an immense privilege and a most noble duty.

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया