बाजुरामा पहिरोका कारण ६२ परिवार विस्थापित

बाजुरा : लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन् । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन् । उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन् ।
हिमाली–४ फैतीको दलित बस्तीका २५ परिवार र वडा नं ६ को बोल्डिकका १५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । गाउँभन्दा तलबाट पहिरो बग्न थालेपछि फैतीका चार घर पूर्णरूपमा क्षति भएको र २१ घरमा आंशिक क्षति पुगेको अध्यक्ष मल्लले बताए । फैति र बोल्डिकमा गाउँभन्दा तलबाट जमीन भासिएपछि उक्त गाउँमा स्थानीयवासी विस्थापित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले जानकारी दिए । जमीन भासिएर घरमा क्षति पुर्याएपछि स्थानीयवासीको उद्धार गरी सुरक्षित ठाउँमा लगिएको उनको भनाइ छ ।
यस्तै सोही गाउँपालिका–६ बोल्डिकमा पनि कर्णाली करिडोरको सडकमा पहिरो गएर गाउँको जमीनसमेत भासिएपछि स्थानीयवासीलाई उद्धार गरी आफन्त र सुरक्षित ठाउँमा सारेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । जोखिममा रहेका ४० परिवारलाई विद्यालय र आफन्तकोमा सारेर गाउँपालिकाले खाद्यान्नलगायतका राहत सामग्रीसमेत उपलब्ध गराएको धिकृत भण्डारीले बताए ।
बोल्डिकका विस्थाापित परिवारलाई त्रिपाल, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको छ । फैतीका विस्थापित २५ परिवारलाई पनि राहत वितरणका लागि त्रिपाल, खाद्यान्न, भाँडाकुडालगायतका सामग्री लिएर गाउँपालिकाको टोली फैती गएको गाउँपालिकाले जनाएको छ । जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक गाउँपालिका–१ चिसापानी जोरुमा घर माथिबाट पहिरो बग्न थालेपछि शुक्रबार १२ परिवार विस्थापित भएका छन् ।
घरभन्दा माथिबाट लगातार पहिरो बग्न लागेकाले जोरुका ती परिवार घर छाडेर आफन्तको घरमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए । लगातारको अविरल वर्षाका कारण जिल्लाका दर्जनौँ बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन् । भिरालो जमीन र खुकुलो माटो भएका कारण जिल्लामा पहिरो जाने गरेको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया