आँबुखैरेनी-मुग्लिन खण्ड सञ्चालन

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतका लागि आज बिहान १० बजेदेखि बन्द गरिएको उक्त सडक खण्ड दिउँसो १ः१० बजेदेखि सञ्चालन भएको हो ।
राजमार्ग बन्द भएको समयमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई आँबुखैरेनी नजिक रोकिएको थियो । राजमार्ग सञ्चालन भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।
उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरू झार्नुपर्ने भएकाले सडक अवरुद्ध गरेर काम गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मत भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मत गरिरहेको छ । मर्स्याङ्दी नदीदेखि पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

बिपी राजमार्गको काभ्रे-खण्डमा एक महिनासम्म राति सवारी चलाउन रोक

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन

पहिराले गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकियो

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

प्रतिक्रिया