न्याय सम्पादनमा ढिलाई : २९६ मुद्दा फैसलाको प्रतिक्षामा

दोलखा : समयमै न्याय सम्पादन हुन नसक्दा जिल्ला अदालत दोलखामा मुद्दाको चाङ लागेको छ । अहिले २९६ मुद्दा फैसला हुन बाँकी छन् ।
बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि नै नयाँ मुद्दा दर्ता नगरेपनि चालू आर्थिक वर्षमा दर्ता भएका ५८६ मुद्दामध्ये २९० वटा मात्रै फैसला भएका छन् । गत चैतदेखि प्रहरीले ल्याएका अभियोग पत्र मात्र दर्ता हुने गरेको जिल्ला अदालतका नायब सुब्बा कृष्ण प्रसाद पौड्यालले बताए । उनले निषेधाज्ञा अवधिमा सजाय निर्धारण गर्ने ५ वटा मुद्दा, पक्राउ, स्वीकृती तथा अनुमति, कल डिटेल माग र म्याद थपको मात्र सुनुवाई भएको जानकारी दिए ।
नेपाल वार एशोसिएशन दोलखाका पूर्वअध्यक्ष कृष्णबहादुर बस्नेतले प्रमाण बुझ्न बाँकी भएका कारण मुद्दा फैसला हुन ढिलाई भएको हुन सक्ने बताए । 'सम्बन्ध बिच्छेदका मुद्दा जिल्ला अदालत दोलखामा धेरै दर्ता छन', उनले भने,'ती मुद्दाहरु दर्ता भएको एक वर्ष नपुगी फैसला नहुने हुँदा ढिलाई भएको देखिएको मात्र हो ।'
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया