गृहमन्त्री लामिछानेले भने - काँग्रेसलाई जवाफ दिन तयार छु
काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा आफूले कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूले संसदमा बोलेको कुरालाई नेपाली कांग्रेसले संसदीय मूल्य मान्यता र मर्यादाहीन भएको आरोप लगाएपछि आफू त्यसबारे जवाफ दिन तयार रहेको समेत बताए ।
उनले आफूले सञ्चारमाध्यममा आएका अन्य विषयहरू सदनमा राखेको प्रष्ट पारे । लामिछानेले अनुसन्धानको विषय बाहिर हल्ला नहुने बताउँदै विभिन्न घोटाला काण्डहरूको छानबिन कार्य भइरहेको र समय आएपछि त्यसबारे जानकारी दिने बताए ।
गृहमन्त्री लामिछाने विराटनगरमा सुरक्षा गोष्ठी लगायत विभिन्न कार्यक्रम सम्बोधन गर्न विराटनगर पुगेका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया