विराटनगरमा कोशी प्रदेश सडक आयोजनाको गाडीमा तोडफोड र आगजनी

काठमाडौँ- मोरङको विराटनगरमा कोशी प्रदेश सडक आयोजनाको गाडीमा तोडफोड र आगजनी भएको छ ।
आइतबार बिहान महेन्द्र मोरङ क्याम्पस अगाडि जम्मा भएका भीडले प्रदेश सडक आयोजनाको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगा मुढा प्रहार गरी आगजनी गरेको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
'हालसम्म कसले गर्यो केही थाहा भएको छैन । कसैलाई पनि नियन्त्रणमा लिएको छैन,' उनले भने ।
मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।
उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ । त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेका हुन् ।

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_JhF1HaZgQd_ytiourw9owd2jicajk0pgshgruenzoehupfdlkzjp1ntmibiq15lvwoxtzlx.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_OQjsp5SGrQ_m8pdfykfxeabadl8qozbh2lw7odzuezwgnnsrau0am4uyb8najuwrjbhs9tt.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

प्रतिक्रिया