महालक्ष्मी नगरपालिकाका तीन स्थानमा ट्राफिक लाइट जडान (फोटो/भिडियो)

काठमाडौँ- ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नगरभित्रका तीन वटा स्थानमा ट्राफिक लाइट जडान गरेको छ । बिहीबारबाट यातायात र पैदल यात्रुलाई सहज आवतजावत र दुर्घटना कम गर्न ट्राफिक लाइट जडान गरिएको महालक्ष्मी नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले जानकारी दिए ।
महालक्ष्मीले ग्वार्को लामाटार सडकखण्डको बाहुनधारा चोक, कृष्ण मन्दिर चोक र साना गाउँ चोकमा ट्राफिक लाइट जडान गरेको हो । ओभरहेड ब्रिज निर्माण गर्नुपर्ने अवस्था भएका स्थानहरूमा लाइट जडान गरिएको सुवेदीले बताए । सडकको दायाँबायाँ घरहरू निर्माण भइसकेकाले तत्काल ओभरहेड ब्रिज निर्माण सम्भव नभएको उनको भनाइ छ ।
बाहुनधारा चोकमा अटोमेटिङ क्रसिङ सिस्टम जडान गरिएको छ । जसलाई 'अन डिमाण्ड पाेलिकल क्रसिङ सिस्टम' पनि भनिन्छ । जहाँ पैदल यात्रुले स्विच थिचेर सडक वार पार गर्न सक्छन् ।
पैदल यात्रीले लाइट थिच्दा सवारी साधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टी हरियो बत्ती बल्ने छ । एकपटक बटन थिचेपछि १५ सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् । त्यसपछि भने १ मिनेट २० सेकेण्ड कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि ८० सेकेण्डसम्म बत्ती बल्ने छैन ।
कृष्णमन्दिर चोकमा दुईवटा ट्राफिक लाइटसहित दुईवटा क्यामेरा राखिएका छन् । जहाँका क्यामेराले सवारीसाधनको नम्बर अटोमेटिङ रिडिङ गर्छन् । दुर्घटना गरेर जाने अथवा ट्राफिक नियम उल्लंघन गरेर जाने सवारी साधनलाई सजिलै समात्न सकियोस् भनेर क्यामेरा लगाइएको इन्जिनियर सुवेदीले जानकारी दिए ।
लाइट जडान भएपछि त्यसलाई व्यवस्थित गर्न र सर्वसाधारणलाई सडक वार पार गर्न सिकाउन नगर प्रहरी, ट्राफिक प्रहरी, स्काउटका स्वयंसेवकहरू खटिएको सुवेदीले बताए ।
नगरपालिकाले यी तीनै स्थानको लाइट राख्न २२ लाख ५० हजार जति खर्च लागेको उनले जानकारी दिए । एक स्थानमा ट्राफिक लाइट जडान गर्न ७ लाख ५० हजार लागेको उनको भनाइ छ ।
भिडियो:

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_8GOCRs5GZr_aoigsdnjbommt9zohyf9tr8tqj4x2angto5velsodgy5ul68qrlduafvpxiv.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

प्रतिक्रिया