टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी

काठमाडौँ - अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा इङल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि कप्तान जोस बटलरले सर्बाधिक ४२ रन बनाए भने फिल साल्टले ३७, मोइन अलीले २५ र ह्यारी ब्रूकले २० रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र पाट कमिन्सले २-२ विकेट लिएका थिए भने जोस हजेलवूड र मार्कस स्टोइनिसले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ३९ रन बनाएका थिए भने कप्तान मिचेल मार्शले ३५, ट्राभिस हेडले ३४, मार्कस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए ।
यो जितपछि अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गर्दै समूह बि मा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै इङल्याण्डको भने २ खेलमा एक अंक रहेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल जुन १२ मा नामिबियासँग खेल्ने तालिका रहेको छ भने इङल्याण्डले जुन १४ मा ओमानविरुद्ध खेल्ने छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया