हार्डवेयरमा आगलागी, लाखौंको सामान जलेर नष्ट

रौतहट- रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागीबाट लाखौंको सामान जलेर नष्ट भएको छ । गौर-५ हनुमान चोकस्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाखभन्दा बढीको सामान जलेर नष्ट भएको हो ।
महतो हार्डवेयर गोदाममा शुक्रबार राति पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रङ्ग, पेन्ट बनाउने मेसिन २ थान, ल्यापटप-२ थान, मोटर-१६ थान, सिपिभिसी फिटिङ्ग, पिभिसी फिटिङ्ग, पल्मबिङ्गका सामग्री, सयौं थान रंग पेन्टका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ । हार्डवेयरको उक्त गोदाम संगै अर्को गोदाम, हार्डवेयर पसल र रामबाबू मोटरसाइकल वर्कसपमा समेत आंशिक क्षति पुगेको छ ।
हार्डवेयर गोदाम पसलमा भएको आगलागीबाट ५० लाख बढीको क्षति भएको महतो हार्डवेयर सञ्चालक बिरेन्द्र कुशवाहाले बताएका छन् । आगोको मुस्लो हेरेर स्थानीयले हो-हल्ला गर्दा गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण भएको थियो ।
विद्युत् सर्किट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जानकारी दिएकी छन् ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया