बजेटलाई प्रभावकारी बनाउने विषयमा सरकारसँग कुरा भइरहेको छ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेटलाई प्रभावकारी बनाउने विषयमा सरकारसँग कुरा भइरहेको बताएका छन् ।
शनिबार काठमाडौँमा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले बजेटमा देखिएका कमीकमजोरी सच्याउँदै यसलाई प्रभावकारी बनाउनका लागि आफूले सरकारसँग कुरा गरिरहेको बताएका हुन् ।
उनले उत्पादनका माध्यमबाट पुँजी वृद्धि गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिए । औद्योगिक क्षेत्र स्थापना भएपनि उद्योग बन्न नसक्नु, लगानी सम्मेलन गरे पनि लगानी भित्रिन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने उनले बताए ।
ओलीले नेपालमा थोरै लगानी र योगदान गरेर धेरै प्रतिफल बाहिर लिएर जाने अवस्थाको गम्भीतापूर्वक समीक्षा गर्नुपर्ने धारणा राखे ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय मुलुकको आर्थिक सूचकांक हेर्दा आर्थिक अवस्था सुधार हुँदै गएको बताए । उनले आगामी मौद्रिक नीति सहज रूपमा आए यसअघिको अप्ठेरो हट्दै जाने धारणा राखे ।
उनले निजी क्षेत्रका विषयहरूलाई एकै ठाउँमा समेटेर सम्पूर्ण उद्योगी व्यवसायीको हितका लागि अघि बढ्न महासंघ तयार रहेको उल्लेख गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया