आगामी निर्वाचनसम्म कांग्रेस प्रतिपक्षीमा बस्छ : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस प्रतिपक्षीमा बस्ने स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिका विषयक कार्यक्रममा थापाले कांग्रेस सरकार परिवर्तनको खेलमा नलाग्ने भन्दै ८४ सम्म प्रतिपक्षीको भूमिकामा रहने बताएका हुन् । प्रतिपक्षीमा रहे पनि कांग्रेसले एमालेलगायतका दलहरूसँग सम्वादलाई निरन्तरता दिने र मुलुकको हितका बारेमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले जिकिर गरे ।
थापाले अहिलेको अवस्थामा मुलुकको निर्वाचन प्रणाली परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्ने भन्दै यसका लागि एमाले माओवादीसँग छलफल गर्ने जिकिर गरे । संविधानलाई स्थायित्व दिनका लागि पनि मुलुकको प्रदेश र निर्वाचन प्रणालीसम्बन्धी व्यवस्थालाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
उनले गिरीबन्धु प्रकरणमा कांग्रेसमाथि एमालेले लगाएको आरोप गलत भएकाले यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे । गिरीबन्धुमा अदालतको गलत अपव्याख्या एमालेले गरेको भन्दै उनले यसको जवाफ सदनका आगामी बैठकबाट दिने स्पष्ट पारे ।
महामन्त्री थापाले अदालत र संवैधानिक निकायहरूलाई प्रभावित गर्ने र कांग्रेस नेताहरूलाई तर्साउने काम भइरहेको आरोप लगाए । उनले कांग्रेस नेताहरूलाई अप्ठ्यारोमा पार्न खोज्दा सिंगो पार्टी एक भएर बोल्न सक्नुपर्ने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया