टी-ट्वान्टी विश्वकपः श्रीलंकालाई हराउँदै बंगलादेशको विजयी सुरुवात
काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।
समूह 'डी' अन्तर्गत अमेरिकामा आज भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो । श्रीलंकाको भने यो लगातार दोस्रो पराजय हो ।
आजको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको सामान्य लक्ष्य बंगलादेशले १० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा टाउहिड हृदोयले ४० रन तथा लिटोन दासले ३६ रन बनाए ।
श्रीलंकाका लागि नुवान थुसाराले सर्वाधिक ४ विकेट हात पारेपनि टिमलाई जित दिलाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाउँदा पाथुम निसांकाले सर्वाधिक ४७ रन बनाए ।
बंगलादेशका लागि रिशद होसेन र मुस्ताफिजुर रहमानले समान ३-३ विकेट हात पारे ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया