टी-२० विश्वकप: न्युजिल्याण्डमाथि अफगानिस्तानको शानदार जित

काठमाडौँ- अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्युजिल्याण्डलाई हराएको छ । शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
न्युजिल्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फाजलहक फारुकीले ४-४ विकेट लिएका थिए भने मोहमद नावीले २ विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ र अजमातुल्लाह ओमरजाईले २२ रन बनाएका थिए ।
यो अफगानिस्तानको न्युजिल्याण्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै पहिलो खेल हो । समुह सी मा रहेको अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई पराजित गरेको थियो ।
अब न्युजिल्याण्डले अर्को खेल जुन १३ मा वेस्ट इन्डिजसँग खेल्ने छ भने अफगानिस्तानले जुन १४ मा पिएनजीबिरुद्ध खेल्ने तालिका रहेको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया