टी-२० विश्वकपमा आज चार खेल

काठमाडौँ- जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन् ।
आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्युजिल्याण्डबीच भइरहेको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि सुरू भइहरेको हो ।
जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ । अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ । त्यस्तै न्युजिल्याण्डको बने यस विश्वकपमा यो पहिलो खेल हो । अफगानिस्तान र न्युजिल्याण्डबीच अहिलेसम्म केवल एक टी-२० खेल भएको छ, जुन न्युजिल्याण्डले जितेको छ ।
त्यस्तै आज दोस्रो खेलमा समुह डी मा रहेको बंगलादेश र श्रीलंका खेलिरहेका छन् । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ६ बजेदेखि शुरु भइरहेको छ ।
यस विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको छ भने बंगलादेशको यो पहिलो खेल रहेको छ । त्यसैगरी बंगलादेश र श्रीलंका अहिलेसम्म टी-२० अन्त्र्रश्त्रिउ खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा श्रीलंकाले ११ पटक जितेको छ भने बंगलादेशले ५ पटक जितेको छ ।
त्यस्तै आज तेस्रो खेलमा समुह डी अन्तर्गतकै नेदरल्याण्ड्स र दक्षिण अफ्रिका पनि खेल्दै छन् । न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।
जारी विश्वकपमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाले आ-आफ्ना पहिलो खेलमा जित हासिल गरेर २-२ अंक बटुलेका छन् । नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो । दक्षिण अफ्रिका र नेदरल्याण्ड्सबीच अहिलेसम्म २ टी-२० खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन् । नेदरल्याण्ड्सले पछिल्लो सन् २०२२ मा सम्पन्न टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो ।
त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुँदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०:४५ बजेदेखि हुने छ । जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल वर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ ।
अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा इङल्याण्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ । त्यस्तै २ खेलको नतिजा आएको छैन ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया