बाजुराका सबै स्थानीय तहमा खोप अभियान

बाजुरा : यहाँका नौ वटै स्थानीय तहमा कोभिडविरुद्धको खोप अभियान सुरु भएको छ । अभियानअन्तर्गत हालसम्म एक हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएका छन् ।
चीन सरकारको सहयोगमा नेपाल सरकारले लगाउन सुरु गरेको सो खोप जिल्लामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।
बाजुरामा गत जेठ २७ देखि ३० गरी ४ दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका नौ वटै स्थानीय तहका १ हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएको पन्तको भनाइ छ । जिल्लामा ४१ खोप केन्द्रबाट ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका बृद्धबृद्धालाई खोप लगाइएको थियो । रासस
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

प्रतिक्रिया