पूर्व खेलाडी गंगालाई आर्थिक सहयोग

काठमाडौँ- अखिल नेपाल फुटबल संघअन्तर्गतको महिला फुटबल संघको पहलमा क्यान्सर पीडित पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित १ लाख ५ हजार रुपैयाँ जमुनालाई हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी गराइन् ।
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्व कप्तान तथा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामाले जमुनालाई नगद हस्तान्तरण गरिन् ।
अध्यक्ष लामाले रकम हस्तान्तरणपछि गंगाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद दिइन् ।
सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य, पूर्व कप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको पनि उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया